छथर जाेरपाटीले फूटबल र रामप्रसाद गाउँपालिकाले जित्यो भलिवल
तेह्रथुम । छथर गाउँपालिकामा भइरहेको भदौरे मेलामा आयोजित गाउँपालिका अध्यक्ष कप भलिवल प्रतियोगिता रामप्रसाद राई गाउँपालिकाले जितेको छ ।
आज भएको फाइनल खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिकाले धनकुटाको साँगुरीगढी गाउँपालिका पराजित गरेको हो । रामप्रसादले साँघुरीगढीलाई ३–२ को सेटमा पराजित गरेको हो ।
त्यसैगरी फूटबल प्रतियोगिताको फाइनल छथर जाेरपाटी गाउँपालिका धनकुटाले जितेको छ । रानीगाउँ गाउँपालिका पाँचथरललाई २ का विरुद्ध पाँच गोलले छथरले जितेको हो ।


प्रतिकृया दिनुहोस