• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

भदौरे मेलामा खेलकुद: सेमिफाइनलका खेलहरु भोली सम्पन्न हुने

टेकेन्द्र बुढाथाेकी

टेकेन्द्र बुढाथाेकी

तेह्रथुम । भदौरे मेलाको अवसरमा जारी खेल्कुदका कार्यक्रम आज तेस्रो दिनको खेलहरु सम्पन्न भएको छ ।  

छथर क्षेत्रमा आयोजित यस मेलमा खृलाइएको ब्याड्मिन्टनतर्फ लालिगुँरास नगरपालिका तेह्रथुमका महेस आचार्य र रमेश कटुवालको जोडीले उपाधी जितेको छ । त्यस्तै छथर गाउपालिका तेह्रथुमका दुर्गा बस्नेत र टिकाराम पौडेलको जोडीले भने दोश्रो स्थान हासिल गरेको छ ।

भलिबलतर्फ आज क्वार्टरफाइनलका खेल सकिएका छन् । आज भएको खेलमा हतुवागडी गापा भोजपुर, रामप्रसाद राई गापा भोजपुर, आमचोक  गापा भोजपुर र सागुरिगढी गापा धनकुटा सेमिफाइनल प्रबेश गरेका छन् । 

सेमिफाइनल अन्तर्गतका खेलहरु भोलि हुने तालिका रहेको छ । यस्तै फूटबलतर्फ पनि क्वार्टरफाइनलको खेलहरु सम्पन्न भएका छन् ।  मङ्गलबारे यूवा क्लब मोरङ , रानीगाउ युथ क्लब पाँचथर र एमडीवाईसी छथर गापा आङ्दिम तेह्रथुमले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । 

सेमिफाइनल अन्तर्गतका खेलहरु भोलि बिहान ११ बजे देखि हुने खेल संयोजक कुमार लिम्बुले बताए ।

चारदिन अघिदेखी सुरु भएको यो मेलामा आजसम्मका कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भइरहेको इलाका प्रहरी कार्यलयका इन्जार्ज सई रमेश वनले सनराइज खबरलाइ जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस