• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पत्रकार रवि लामिछाने गिरफ्तार

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा विवादास्पद पत्रकार रवि लामिछाने पक्राउ परेका छन् । उनीसँगै युवराज कँडेल पनि पक्राउ परेको काठमाडौं प्रहरीका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिएका छन् । 

प्रहरीले रविलाई पानीपोखरीस्थित न्युज–२४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो । चितवन प्रहरीले काठमाडौं प्रहरीसँगको समन्वयमा रविलाई पक्रेर चितवन लैजान लागेको बताइएको छ । लामिछाने न्युज–२४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन् । 

पत्रकार पुडासैनीले साउन २० मा आत्महत्या गर्नुअघि ‘अस्मिता’ भन्ने रुकु कार्की, पत्रकार रवि लामिछाने र युवराज कँडेलले अ‍ाफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरिएको भिडियो बयान सार्वजनिक भएको थियो । 

पक्राउ गर्न गएकाे टाेलीले पक्राउ पुर्जी दिँदा रविले पहिले लिन मानेका थिएनन् । उनले अ‌ाफ्ना वकिल अ‌ाएपछि मात्र गिरफ्तारी दिने बताएका थिए ।

मृतक सालिकरामको मोबाइलको फोरेन्सिक रिपोर्ट र पोस्टमार्टम रिपोर्ट तयार भएको बताइएको छ । सोही आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको बुझिएको छ । ती रिपोर्टहरु प्रहरीले सार्वजनिक गरिसकेको छैन । 

यसअघि यही प्रकरणमा चितवन प्रहरीले अस्मितालाई नियन्त्रणमा लिइसकेको छ । ओखलढुंगा घर भएकी अस्मिताको सुरक्षा चुनौती देखिएको भन्दै उनलाई प्रहरी संरक्षणमा राखेको प्रहरीले जनाएकाे छ । 

याे पनि पढाैं

सालिकराम आत्महत्या प्रकरणमा नयाँ माेड : अस्मिता प्रहरी 'संरक्षण'मा

सालिकरामको फोनले धेरै कुरा खोल्ने : रविलाई पक्रने तयारी

एक दर्दनाक भिडियो सार्वजनिक : रवि लामिछाने पक्राउ पर्न सक्ने

 

 

प्रतिकृया दिनुहोस