• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

एक दर्दनाक भिडियो सार्वजनिक : रवि लामिछाने पक्राउ पर्न सक्ने 

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । आत्महत्या गर्नु अघि पत्रकार सालिकराम पुडासैनीले गरेको  वयान भएको दुखःद भिडियो सार्वजनिक भएको छ । नेपाल आज अनलाइनले सार्वजनिक गरेको सो भिडियोमा आफ्नो आत्महत्याको कारक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की भएको सालिकरामले बताएका छन् ।

सालिकरामले रुँदै भिडियो रेकर्ड गरेको देखिन्छ । भिडियो रेकर्ड उनैले गरेका हुन् कि अरु कसैले गरेको हो भन्ने प्रष्ट भएको छैन । उनले सो भिडियो रेकर्ड आत्महत्या गरेको होटलमै गरेका हुन् कि अन्यत्र गरेका हुन् भन्ने पनि स्पष्ट भएको छैन । 

पत्रकार पुडासैनिका भिडीयो बयान सार्वजनिक भएसँगै सिधा कुरा जनतासँग कार्यक्रमका संयोजक रवि लामिछानेले आरोप प्रमाणित गर्न प्रहरी प्रशासनलाई चुनौति दिएका छन् । सामाजिक सञ्जालमा स्ट्टास लेख्दै उनले भनेका छन्, –‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु। मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस् । थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ।’

भिडियो सार्वजनिक गरेको नेपाल आजले सो भिडियो अनुसन्धान प्रयोजनका लागि प्रहरीलाई उपलब्ध गराउन सकिने बताएको छ ।

सालिकरामले चितवनको कङ्गारु होटलमा २० साउनमा झुण्डिएर आत्महत्या गरेका थिए । उनले नाम लिएकामध्ये रवि लामिछाने र युवराज कँडेल न्युज २४ टेलिभिजनमा कार्यरत छन् । उनीहरुले सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन गर्दै आएका छन् । 

सालिकराम पनि सिधा कुरा जनतासँग कार्यक्रममा काम गर्थे । दुई महिना अघि सो टेलिभिजन तथा कार्यक्रम छाडेर माउन्टेन टेलिभिजनमा काम गर्न थालेको सालिकरामले भिडियोमा बताएका छन् ।

भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले भने– ‘आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई पक्राउ गरेर कानुनको दायरामा ल्याउन सकिन्छ ।’

के अब रवि, युवराज र अस्मितालाई पक्राउ गर्नुहुन्छ भनी सोधिएको प्रश्नमा दानबहादुरले भने– ‘किटानी जाहेरी पर्यो भने अवश्य पक्रन्छौं ।’
 

प्रतिकृया दिनुहोस