• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

अब ग्रामीण क्षेत्रमा पनि ई–सेवाको सेवा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । डिजिटल माध्यमबाट ग्रामीण भेगका नागरिकलाई वित्तीय सेवामा पहुँच पु‍र्याउन इ–सेवा र युके एडको सक्षमबीच सम्झौता भएको छ ।

बुधबार काठमाडौँमा एक कार्यक्रममा ई–सेवा फोन पेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे । 

ई–सेवा क्यास प्वाइन्टको स्थापना, विकास तथा सञ्चालन गर्न तथा वित्तीय सेवामा पहुँच नभएका वा कम पहुँच भएका नागरिकमा नवीन डिजिटल वित्तीय सेवाको पहुँच बढाउने उद्देश्यले ई–सेवा फोन पे प्रालिले युके एडको सक्षम (एक्सेस टु फाइनान्स) सँग सम्झौता गरेको हो । 

सम्झौतापछि ई–सेवा क्यास प्वाइन्टले डिजिटलमाध्यम मार्फत् ग्रामीण उपभोक्तालाई वित्तीय सेवा प्रदान गर्ने छन् । सक्षम एक्सेस टु फाइनान्स नेपाल तथा संयुक्त अधिराज्य सरकारबीच भएको सम्झौता बमोजिम सञ्चालन भइरहेको एक कार्यक्रम हो । 

ई–सेवा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स प्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । ई–सेवामा २० लाख ग्राहक, ५५ हजार एजेन्ट नेटवर्क, ५४ वटा सदस्य बैंक तथा ३० हजार मर्चेन्टको सञ्जाल छ ।

प्रतिकृया दिनुहोस