नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टोलीले मलेसियन सुपर लिग च्याम्पियन क्लब जोहर दारुल ताजिमसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाल मलेसियाबीचको मैत्रिपूर्ण खेल यही भदौ ९ मा मलेसियामा हुनेछ ।
विश्व कप छनोटअन्तर्गत कुवेतसँग पहिलो खेल खेल्नुअघि नेपालले मलेसियासँग खेल्न लागेको बताइएको छ ।
नेपालले विश्वकप छनोट २०२२ को दोस्रो चरणको खेलको तयारी स्वरुप मलेसियन च्याम्पियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको एन्फाले जनाएको छ ।
विश्वकप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा छ । सो समूहमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेत छन् । नेपाल र कुवेतबीचको खेल आगमी सेप्टेम्बर ५ मा कुवेतमा हुँदैछ ।
नेपाल र कुवेतबीच गएको मार्चमा भएको दुई खेल भएका थिए । एउटा खेल गोलरहित बराबरीमा टुंगिएको थियो भने अर्को खेलमा नेपाल १–० ले हारेको थियो ।


प्रतिकृया दिनुहोस