पोखराका ११ वटा वडा कार्यालय चोरी गर्ने किशाेर पक्राउ
काठमाडौं । पोखराका ११ वटा वडा कार्यालयमा शृंखलाबद्ध चोरी गर्दै आएका किशोर थापालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–११ घर भएका थापाले पोखराको कालिका चोकमा डेरा लिएर चोरी गर्दै आएका थिए ।
किशाेरले सरकारी कार्यालय फोडेर त्यहाँको नगद, ल्यापटप, क्यामेरा र कम्युटर चोरी गरेर थापाले सो सामान कलंकीमा रहेको कम्प्युटर सोलुसनमा बिक्री गर्दै आएका थिए ।
काठमाडौं प्रहरीसँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय कास्कीले कम्युटर सोलुसन प्रालिका सञ्चालक रुपचन्द्र गोपालीलाई पनि पक्रेको छ ।
आइतबार पोखरा महानगरपलिका–६ बाट पक्राउ परेका ५१ वर्षीय किशोर थापाको कोठाबाट प्रहरीले ल्यापटप, क्यामेरा, चोरीमा प्रयोग गरिने औजार र २ दशमलव ३६ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरामा चोरी गरेर थापा सार्वजनिक गाडीमा सामान बेच्न कलंकी आउने गरेको र उनि यसअघि पनि चोरी मुद्दामा जेल सजाय पाएर छुटेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका थापा र गोपालीबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस