अब सिसी क्यामेराको नियन्त्रण एकै स्थानबाट
चैत, ५ –
बनेपा, पनौती र धुलिखेल क्षेत्रमा जोडिएका सिसी क्यामेराहरु अब एकै स्थानबाट नियन्त्रण हुने भएको छ । जिल्ला प्रहरी कार्यालाय काभ्रेपलाञ्चोकले जिल्लामा सुरक्षा सतर्कता अपनाउन यस्तो कदम चालेको हो ।
‘मुख्य शहरमा हुनसक्ने संभावित अपराधिक क्रियाकलापको निगरानी अझ मजबुत र छिटो बनाउन यो कदम चालिएको हो’, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज खड्काले बताए ।
यसअघि छुट्टाछुट्टै स्थानका सिसी क्यामेरा सोहि स्थानका इलाका प्रहरीले निगरानी गर्दै आएका थिए ।
यसका साथै बैंक, होटल, उद्योग वाणिज्य सङ्घ र सरोकारवाला निकायसँग सहकार्य गरी मुख्यमुख्य ठाउँमा राखिएको सिसी क्यामेरा सबै प्रहरीकै सञ्जालमा हालेर एकै ठाउँमा ल्याउने काम समेत अघि बढेको उनले बताए ।


प्रतिकृया दिनुहोस