सुन्तलामा लाग्ने रोग अब निदान हुने
चैत,५ –
नेपालमा सुन्तलाको खेति गर्ने किसानले अब चिन्ता लिन नपर्ने भएको छ । किनकी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले सुन्तलामा लाग्ने रोगको निदान गर्ने भएको छ ।
सोमबार आयोजित एक पत्रकार सम्मेलनमा नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले उक्त कुरा बताएका हुन् । नेपालका वनस्पती तथा वन्यजन्तुको ‘डिएनए बार कोडिङ’ गरि उच्च पहाडी क्षेत्रमा ‘हिमालयन सिड बैंक’ समेत स्थापना गरि धेरैलाई उद्यमी बनाउने कार्यमा नाष्ट लागिपरेको उनको भनाई थियो ।
‘समृद्ध नेपाल, सुखि नेपाली’ को उद्देश्य प्राप्त गर्न र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्नमा नाष्ट लागिपरेको हो । यसको निम्ति जनताको दैनिक जीवनसँग जोडिने पुनःजागरण कार्यमा नाष्ट अघि बढेको छ ।
यसका साथै वैज्ञानिक र सर्वसाधारणबीचको सहकार्य अघि बढाउन वैशाखमा नाष्टले ‘साइन्स स्ट्रिट फेयर’ समेत गर्ने बताइएको छ ।
नाष्टले नै आगामी वैशाख ४ गते नेपालको आफ्नै भू–उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण गर्ने पनि यसअघि नै सार्वजनिक भइसकेको छ ।


प्रतिकृया दिनुहोस