• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सर्वाेच्चले आजदेखि दिन थाल्याे यी सेवा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । सर्वाेच्च अदालतले आजदेखि सेवा विस्तार गरेको छ ।

कोभिड-१९ संक्रमण जाेखिम र निषेधाज्ञाका कारण यसअघि कटाैती गरिएका केही सेवा सर्वाेच्चले पुन: सुचारु गरेकाे हाे । सर्वाेच्चबाट दिइने सबै सेवा सुचारुबारे भने सर्वाेच्चले केही निर्णय गरेकाे छैन ।

सोमबार बसेको पूर्ण बैठकले वैशाख दोस्रो साताबाट रोकिएका थप सेवा पुन: सुचारु गर्ने निर्णय गरेकाे थियाे । साेही अनुसार आजदेखि सर्वाेच्चबाट सम्पादित हुने कामकारबाही र सेवा थपिएकाे विज्ञप्तिमा उल्लेख छ ।

कोभिड-१९ संक्रमण जाेखिम बढेपछि अदालतबाट दिइँदै आइएका सेवा यसअघि सर्वाेच्चले कटाैती गरेकाे थियाे । सर्वाेच्चले वैशाख १५ देखि जरुरी महत्वका विषय मात्र हेरेर बाँकी सेवा कटौती गरेकाे थियाे । थप भएका सेवाहरु सीमित संख्यामा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ । सर्वोच्च अदालतसहित मातहतका अदालतमा यही असार ७ गतेसम्म सीमित सेवा मात्र सञ्चालन हुनेछन् ।

जसअनुसार नेपाल सरकार निवेदक भएकाे दाेहाेर्‍याइ हेरि पाउँ भन्ने निवेदनहरुकाे दर्ता र सुनुवाइकाे काम हुनेछ । मुलुकी फाैजदारी कार्यविधि संहिता २०१४ काे दफा ७३ काे नम्बर बमाेजिमका थुनुवाका निवेदन-प्रतिवेदनहरुकाे दर्ता र सुनुवाइकाे काम पनि हुनेछ ।

प्रतिकृया दिनुहोस