२अस्पताललाई १५ अक्सिजन सिलिण्डर सहयोग
ओखलढुङ्गा । पूर्वसांसद एवं नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले जिल्लाका दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग प्रदान गर्नुभएको छ ।
रुम्जाटार अस्पताललाई १० सिलिण्डर र रानीवन अस्पताललाई पाँच सिलिण्डर अक्सिजन प्रदान गरिएको छ ।
त्यस्तै नेता खतिवडाले डा कल्याण शर्मा र पवन श्रेष्ठको सहयोगमा खिजिदेम्बा गाउँपालिकालाई एउटा अक्सिजन कन्सन्ट्रेर उपलब्ध गराउनुभएको छ । उहाँले कोरोना भाइरसको बढ्दो सङ्क्रमणबीच जिल्लालाई गरिएको उक्त सहयोगले सङ्क्रमण रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि जिल्लास्थित नेपाली सेनालाई उहाँले एक सय ३८ पिपिइ सेट र १० शव व्यवस्थापन गर्ने झोला तथा नेपाली प्रहरी र स्थानीय तहलाई मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य तथा सुरक्षा सामग्री वितरण गरिसक्नुभएको छ ।
– रासस
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस