• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

इङ्लिस प्रिमियर लिगमा लिभरपुलकाे विजयी सुरुआत

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा साविकको उपविजेता लिभरपुलले सानदार सुरुआत गरेको छ । नयाँ सिजनको पहिलो खेलमा नर्विच सिटीलाई ४–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले शानदार शुरुवात गरेको हो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफमा नै ४–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा लिभरपुलले गोल गर्न सकेन ।  नर्विचले भने  एक गोल फर्कायो ।

लिभरपुलले उपहार गोलको मद्दतमा १–० को अग्रता लिएको थियो । खेलको सातौं  मिनेटमा नर्विचका कप्तान ग्रान्ट हेन्लीले  आफ्नै पोष्टमा गोल गरेपछि लिभरपुलले अग्रता लिएको हो । 

यो सँगै प्रिमियर लिगकै उद्घाटन खेलमा भएको पहिलो गोल नै आत्मघाती भएको छ । 

मोहमद सलाहाले १९ औ मिनेटमा गोल गर्दैै लिभरपुलको अग्रतालाई दोब्बर बनाए ।

भर्जिल भान डिजिकले २८ औ मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरे । कर्नरबाट आएको बललाई उनले हेडमार्फत गोल गरेका थिए ।

डिभोक ओरिजीले ४२ औ मिनेटमा लिभरपुललाई ४–० को स्थितिमा र्पुयाए । ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डको लामो पासलाई सदुपयोग गर्दै ओरिजीले गोल गर्न सफल भएका थिए ।

६४ औ मिनेटमा नर्विच सिटीका लागि टिमु पुक्कीले गोल गरेका थिए ।

जितसँगै प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले ३ अंक जोडेको छ । 

लिग अन्तरगत आज शनिबार ६ खेल हुँदैछन् ।

इङ्लिस प्रिमियर लिग फुटबल हिजोदेखि सुरु भएको हो ।


 

प्रतिकृया दिनुहोस