क्रिश्चियन आतंकवादीलाई कडाई गर्न कानुन सुधार गरिने
वेलिङटन । न्यूजिल्याण्ड सरकारले बन्दूक सम्बन्धी कानूनमा सुधार गर्ने भएको छ । शुक्रबार न्यूजिल्याण्डको क्राइस्टचर्च सहरमा क्रिश्चियन आतंकवादीहरुले दुईटा मस्जिदमा वम विष्फोट गराई ५० जनाको ज्यान लिएका थिए ।
बन्दुकसम्बन्धी नियममा सुधारगर्ने सम्बन्धमा संयुक्त गठबन्धन पार्टीहरु न्युजिल्याड लेबर पार्टी, न्युजिल्याण्ड फस्ट पार्टी र ग्रीन पार्टीबीच सहमति भएको जासिन्दा एर्डेनले बताएका हुन् । यद्यपी यस कानूनमा के कस्तो सुधार गरिने हो भन्ने बारेमा भने उहाँले विस्तृत जानकारी दिनु भएको छैन ।
यूरोप, अमेरिका सहितका ‘क्रिश्चियन वल्र्ड’ मा क्रिश्चियन आतंककारीहरुले अन्य धर्मावलम्बीहरुलाई आक्रमण गर्ने गरेका छन् । यस्ता आक्रमणलाई ती देशहरुले व्यक्तिले गरेको आक्रमण भन्ने गरेका छन् । तर, न्यूजिल्याण्डमा भएको आक्रमण सुनियोजित र सुव्यवस्थित आतंकवादी आक्रमण मानिएको छ । आक्रमणमा एक अष्ट्रेलियाली क्रिश्चियन पनि पक्राउ परेका छन् । आक्रमणकारीहरुले आक्रमणपूर्व अतिवादी धार्मिक विचार सामाजिक संजालमा पोष्ट पनि गरेका थिए ।
अमेरिकामा बन्दूक खुला किनबेच हुन्छ र बन्दूकमा प्रतिवन्ध लगाइएको छैन । न्यूजिल्याण्डमा पनि बन्दूक जो कसैले राख्न पाउँछ । सो व्यवस्थामा कडाई गर्न कानुन सुधार गर्न लागिएको हो ।
न्यूजिल्याण्ड सरकारले आतंकवादलाई नसहने घोषणा पनि गरेको छ ।


प्रतिकृया दिनुहोस