• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

२४ घण्टामा ५७६८ संक्रमित निकाे भए,४३४४ जना थपिए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा काेभिड-१९ बाट संक्रमण मुक्त हुनेकाे संख्या दिनहुँ बढ्न थालेकाे छ ।

एक साता यता संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढ्दै गइरहेकाे छ । अपेक्षा गरिएअनुसार संक्रमण नघटेपनि संख्यात्मक रुपमा संक्रमणमुक्त हुने दर बढ्दै गइरहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । संक्रमणमुक्त हुने दर ८५ दशमलव २ प्रतिशत पुगेकाे छ । 

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार गत २४ घण्टामा ५ हजार ७ सय ६८ जना निकाे भएका छन् । 

गत २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा संक्रमण देखिएको छ । १२ हजार ७४ काे पीसीआर परीक्षण गर्दा ३ हजार ४ सय ४९ र ४ हजार ५ सय ६८ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ९५ गरी ४ हजार ३ सय ४४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ । 

भक्तपुरमा ८५, काठमाडौंमा ६ सय ७९ र ललितपुरमा १ सय ५१ गरेर २४ घण्टामा उपत्यकामा मात्र ९ सय १५ जनामा संक्रमण देखिएको छ । नेपालमा काेभिड पाेजेटिभ हुने दर २८ दशमलव ६ प्रतिशत रहेकाे पाैडेलले बताउनुभयाे । उहाँका अनुसार देशका ४६ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा ८१ जना संक्रमितले ज्यान गुमाएका छन् । केही दिन यता काेभिड मृत्युदर कम हुँदै गएकाे छ । देशभर आज ८० हजार ३ सय ३६ क्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस