• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

५१५३ संक्रमित थपिँदा ६५७० निकाे भए,१०८ ले ज्यान गुमाए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा थप ५ हजार १ सय ५३ जनामा काेभिड-१९ संक्रमण देखिएकाे छ ।

गत २४ घण्टामा १७ हजार ६ सय ७६ जनाकाे परीक्षण गर्दा ५ हजार १ सय ५३ जनामा काेभिड देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । १२ हजार ६५ काे पीसीआर गर्दा ३ हजार ८ सय ७०  र ५ हजार ६ सय ११ काे एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ८३ जनामा कोभिड देखिएको मन्त्रालयले मंगलबार जारी गरेकाे तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा ६ हजार ५ सय ७० जना काेभिड मुक्त भएका छन् । याेसँगै नेपालमा काेभिडबाट मुक्त हुनेकाे संख्या ५ लाख ४ हजार ५ सय ३० पुगेकाे छ । नेपालमा काेभिड निकाे हुने दर ८४ दशमलव ७ प्रतिशत रहेकाे मन्त्रालयले जनाएकाे छ ।

गत २४ घण्टामा १ सय ८ जना संक्रमितको ज्यान गएकाे छ । योसँगै नेपालमा कोभिडबाट संक्रमणपछि ज्यान गुमाउनेकाे संख्या ८ हजार ९८ पुगेकाे छ । देशभर आज ९० हजार ८ सय ३४ जना सक्रिय संक्रमित छन् ।

 

प्रतिकृया दिनुहोस