इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजदेखि
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको नयाँ सिजन आज शुक्रबारबाट सुरु हुँदैछ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने आजको उद्घाटन खेलमा लिरभपुलले नर्विच सिटीको सामना गर्नेछ ।
लिभरपुल च्याम्पियन्स लिगको विजेता टिम हो भने नर्विच प्रिमियर लिगमा बढुवा भएको टिम हो । लिगको उपाधि दाबेदार लिभरपुलले नवप्रवेशी क्लब नर्विचसँग पहिलो खेल खेल्न लागेको हो ।
नयाँ सिजनको पहिलो खेलमा लिभरपुलका फरवार्ड साडियो माने र जेम्स मिल्नरले मैदान उत्रने छन् । लिगको गत सिजनमा म्यानचेस्टर सिटीभन्दा एक अंकले पछि परेपछि लिभरपुल उपाधि होडबाट बाहिरिएको थियो ।


प्रतिकृया दिनुहोस