कोभिशिल्डकाे पहिलो डोज लगाएकालाई दोस्रो डोजका रुपमा एष्ट्राजेनिका लगाइने
काठमाडाैं । सरकारले काेभिड-१९ विरुद्धकाे कोभिशिल्ड खाेपको पहिलो मात्रा (डोज) लगाएका व्यक्तिलाई जसरी पनि दोस्रो डोज लगाइने जनाएकाे छ ।
काेभिशिल्डकाे सट्टा एष्ट्राजेनिकाकाे खाेप दाेस्राे डाेजका रुपमा लगाइने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धैर्य गर्न आग्रह गरेकाे छ । कोभिशिल्डको पहिलो डोज लगाएका व्यक्तिलाई दोस्रो डोजको रुपमा एष्ट्राजेनिका लगाइने व्यवस्था मिलाइने मन्त्रालयकाे परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोख्रेलले आइतबार निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।
काेभिशिल्ड खाेप उपलब्ध हुन नसकेपछि साेही प्रकृतिकाे एष्ट्राजेनिका लगाइने मन्त्रालयले जनाएकाे छ । 'सेरम इन्स्टिच्यूट अफ इण्डियासँग सम्झौता भइ अग्रीम भुक्तानी भइसकेको र कोभ्याक्स फ्यासिलिटीबाट प्राप्त निर्णयसहितको भरपर्दो पत्रको आारमा दोस्रो मात्राको सुनिश्चितता गरिएको थियो, तर भारत सरकारको खोपको निर्यातसम्बन्धी निर्णयले सेरम इन्स्टिच्यूट अफ इन्डिया र कोभाक्स दुवैले (एउटै स्रोत) खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएकाले तोकिएको मितिमा उक्त मात्र दिन नसकिएको हो'- सूचनामा लेखिएकाे छ ।
अब कोभिशिल्डको विकल्पमा एउटै प्रकृतिको एष्ट्राजेनिका खोप नेपाललाई प्राप्त हुनासा १२ सातापछि पनि सो खोपलाई दोस्रो मात्राको रुपमा लगाउने व्यवस्था मिलाइने सूचनामा उल्लेख छ । सरकारले गत फागुन २३ देखि चैत १० गतेसम्म सञ्चालन गरेको खोप अभियानमा करिब १३ लाख नागरिकले कोभिशिल्ड खोपको पहिलो डोज लगाएका थिए । खोपको पहिलो डाेजले पनि कोभिडबाट बचाउन मद्दत पुर्याउने उल्लेख गर्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरेकाे छ ।



प्रतिकृया दिनुहोस