• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

उमाकुण्ड गाउँपालिकामा बन्यो २० बेडको अस्पताल

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । रामेछापको दुर्गम उमाकुण्ड गाउँपालिकामा २० बेडको कोभिड अस्पताल बनेको छ ।

यस अघि पाँच बेडको अस्पताल सञ्चालन गर्दै आएको सो गाउँपालिकाले कोभिडका बिरामी बढ्दै गएपछि २० बेडको अस्पताल सञ्चालनमा ल्याएको हो । संक्रमितको सहज उपचारको लागि अस्पतालको क्षमता थप गरिएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो ।

अक्सिजन सहितको बेड व्यवस्था गरिएकोले जटिल खालका बाहेक अन्य बिरामीको अब गाउँमा नै उपचार हुने भएको छ । अस्पताल गाउँपालिकाको केन्द्र च्यादोलु प्रितीमा स्थापना गरिएको छ ।
 
अस्पतालमा ४० वटा अक्सिजन सिलिण्डर व्यवस्था गरिएको छ । गाउँपालिकाले अफैले खरिद गरेका तथा दाताले दिएका अक्सिजन तथा अन्य उपकरण जुटाएर अस्पताल सञ्चालनमा ल्याइएको हो ।

सो अस्पतालका लागि पार्टी नेता रत्न गौतम मार्फत नेकपा एमाले रामेछापले समेत नौ वटा ग्यास सहितको अक्सिजन सिलिण्ड र पाँचवटा बेड उपलब्ध गराएको थियो ।

अस्पतालमा चिकित्सक सहितको टोली उपचारमा संलग्न छ । अहिले पनि अस्पतामा अक्सिजन दिनुपर्ने संक्रमित सहितको उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस