यही हाे जनसरकार : प्रधानमन्त्री ओली
विराटनगर . प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रदेश कमिटीका सदस्यहरुलाई कुशल संगठक, सहि विचारका संवाहक र अनुशासनका प्रतिमूर्तिका रुपमा समाजमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।
नेकपा प्रदेश कमिटी प्रदेश नम्वर १ को पहिलो वैठक तथा सपथ ग्रहण समारोहलाई सम्वोधन गर्दै उनले त्यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक चेतना र विकास निर्माणका अभियन्ताका रुपमा सदस्यहरु स्थापित हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई जनताले दुई तिहाई बहुमत दिएको हुनाले यो सरकार नै जनसरकार हो भने । “ती जनताकै लागि सरकारले काम गरिरहेकाले यो सरकार नै जनसरकार हो ” प्रधानमन्त्री ओलीले भने- “ कम्युनिष्ट पार्टीको सरकार कस्तो हुन्छ भन्ने कुरा यो सरकारले देखाउने छ । ”
'आधुनिक देश,आधुनिक प्रदेश र आधुनिक स्थानीय सरकार' कस्तो हुन्छ भन्ने देखाउन त्यहि ढंगले काम गर्न उनले निर्देशन दिए । उनले प्रदेश कमिटीका सदस्यहरुलाई स्थानीय तहलाई निर्देशन थाेरै सुझाव धेरै दिन सल्लाह दिए ।
प्रधानमन्त्री ओलीले आउँदो चुनावमा दुई तिहाई भन्दा वढि मतसहितको सरकार बनाउने दावी गर्दै भने- “नेकपा वैचारिक हिसावले स्पष्ट छ । हरेक राष्टिय मुद्धामा हाम्रो मत स्पष्ट छ ।'
प्रधानमन्त्री ओलीले शास्त्रीय मार्क्सवाद भन्दा आजको समयअनुसार चल्न सक्ने मार्क्सवादको उपयोग गर्नुपर्नेमा जोड दिए। मार्क्सवादले आजको समयअनुसार चल्न सक्ने सैद्धान्तिक दिशानिर्देश गरेको बताए । ।
![]()


प्रतिकृया दिनुहोस