• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

कोभिडबाट एकै परिवारका तीन जनाको ज्यान गयो

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

कटारी । उदयपुरमा कोभिड संक्रमणबाट एकै परिवारका तीन जनाको ज्यान गएको छ । 

रौतामाई गाउँपालिका–७ मुर्कुचीमा ६ दिन भित्र एकै परिवारका तीन जनाको ज्यान गएको हो । सो परिवारका आमा, जेठो र साइला छोराको ज्यान गएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । 

अध्यक्ष खड्काका अनुसार १५ गते ४५ वर्षीय साइला छोराको विराट हस्पिटल विराटनगरमा उपचारको क्रममा ज्यान गएको थियो । त्यस्तै १८ गते ५१ वर्षीय जेठा छोराको नोबेल हस्पिटल विराटनगरमा आइसियुमा उपचारकै क्रममा ज्यान गयो । ७१ वर्षीय आमाको पनि बिहीबार होमआइसोलेसनमा ज्यान गएको छ । 

योसँगै उदयपुरमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । जसमा २६ पुरुष र १२ महिला रहेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 

प्रतिकृया दिनुहोस