वीरेन्द्रनगर नगरपालिकाले सुरु गर्यो कोभिड संक्रमितको पहिचान अभियान
काठमाडौं । कर्णालीको वीरेन्द्रनगर नगरपालिकाले कोभिड नियन्त्रण तथा रोकथामको लागि कोभिड संक्रमितको पहिचान अभियान सुरु गरेको छ ।
नगरपालिकामा संक्रमण नियन्त्रणमा नआएपछि संक्रमितको पहिचान गरी रोग नियन्त्रण गर्ने अभियान सुरु गर्न लागिएको हो । यसका लागि नगरपालिकाका वडा वडामा पीसीआर परीक्षणको लागि स्वाब संकलनको काम सुरु गरिएको नगरपालिका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो ।
ढकालका अनुसार मंगलबारदेखि सुरु भएको अभियान आइतबारसम्म चल्ने छ । उहाँका अनुसार मंगलबार र बुधबार वडा नं ३, ७ र १३ तथा नगरपालिकामा स्वाब संकलन गरिएको छ । त्यस्तै आज वडा नं ४ र ५ मा स्वाब संकलनको काम भइरहेको छ ।
शुक्रबार वडा नं १४ र नगरपालिकामा, शनिबार वडा नं २ मा र आइतबार वडा नं १ र १२ मा स्वाब संकलन गरिने छ । निःशुल्क रुपमा स्वाब संकलन र परीक्षण गरिने भएकोले कोभिडका लक्षण देखिएका तथा संक्रमणको आशंका भएका व्यक्तिलाई पायक पर्ने ठाउँमा स्वाब दिन नगरपालिकाले आग्रह गरेको छ ।
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस