४३६९ संक्रमित थपिए,६२०५ जना निकाे भए, १०९ ले ज्यान गुमाए
काठमाडाैं । नेपालमा थप ४ हजार ३ सय ६९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा १० हजार ९ सय ८६ जनाकाे पीसीआर गर्दा ३ हजार ७ सय २ र १ हजार ७ सय ८४ काे एन्टिजेन परीक्षण गर्दा ६ सय ६७ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
याेसँगै नेपालमा काेभिड संक्रमितकाे संख्या ५ लाख ५७ हजार १ सय २४ पुगेकाे छ । तीमध्ये ४ लाख ४० हजार ९ सय ५५ जना निकाे भएका छन् । काेभिड निकाे हुनेदर ७९ दशमलव २ प्रतिशत रहेकाे मन्त्रालयले आइतबार जारी गरेकाे तथ्यांकमा उल्लेख छ । गत २४ घण्टामा ६ हजार २ सय ५ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टामा १ सय ९ जना संक्रमितकाे ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ७ हजार २ सय ७२ पुगेकाे छ ।


प्रतिकृया दिनुहोस