• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

वाग्मतीका चार अस्पतालमा पीसीआर मेशिन राखिँदै

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । वाग्मती प्रदेशका थप चार वटा अस्पतालमा पीसीआर परीक्षण मेशिन राखिने भएको छ । यसका लागि प्रदेश सरकारले टेण्डर आह्वा गरेको छ ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सामाग्री व्यवस्थापन केन्द्रले ३० दिन भित्र मेशिन आपूर्ति गर्ने गरी टेण्डर आह्वान गरेको छ ।

प्रदेश सरकारले हालसम्म एउटा पनि पीसीआर मेशिन नभएका जिल्लामा ती मेशिन राख्न लागेको वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कैलाश ढुंगेलले जानकारी दिनुभयो ।      

वाग्मती प्रदेशका रामेछाप, सिन्धुपाल्चोक लगायतका जिल्लामा पीसीआर मेशिन छैनन् । ती जिल्लाबाट स्वाब परीक्षणको लागि अन्य जिल्लामा पठाउने गरिएको छ । जसले गर्दा परीक्षण रिपोर्ट आउन ढिलो हुने गरेको छ ।

अब एक महिना भित्र चार ठाउँमा मेशिन जडान हुने छ । जसले गर्दा स्वाब परीक्षणमा सहज र छिटो हुने छ ।

 

प्रतिकृया दिनुहोस