• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच फोन वार्ता, खाेपका लागि पहल गरिदिन अनुराेध

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरूद्धको खाेप ल्याउनका लागि विशेष पहल थाल्नुभएकाे छ ।

सबै नेपाली जनतालाई पुग्नेगरी खाेप उपलब्ध गराइदिन उहाँले चिनियाँ समकक्षीसँग अनुराेध गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले बुधबार दिउँसो चिनियाँ समकक्षी सी चिनफिङसँग  टेलिफोन वार्ता गर्नुभएकाे छ ।

टेलिफाेन वार्ताका क्रममा राष्ट्रपति भण्डारीले सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न नेपाल इच्छुक रहेकाले त्यसका लागि पहल गरिदिन अनुरोध गर्नुभएकाे राष्ट्रपतिकाे सचिवालयले जनाएकाे छ । 

जवाफमा चिनियाँ राष्ट्रपति चिनफिङले यसमा आफू सकारात्मक रहेकाे बताउनुभएकाे थियाे । नेपाल जस्तो मित्र राष्ट्रलाई सहयोग गर्न चीन तयार रहेकाे उहाँकाे भनाइ थियाे ।चीनले नेपाललाई काेभिड विरूद्धको ८ लाख डोज भेराेसेल खोप अनुदान स्वरुप उपलब्ध गराएकाे छ । साे खोपको दोस्रो डोज लगाउने कार्यक्रम अहिले चलिरहेकाे छ ।

यसअघि आज नै राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई खाेप उपलब्ध गराइदिनुहुन पत्र पठाउनु भएकाे थियाे । भारतले १० लाख डाेज काेभिशिल्ड खाेप अनुदानमा दिएकाे थियाे । २० लाख डाेज नेपालले किनेकाे थियाे । त्यसमध्ये पैसा तिरिसकेकाे १० लाख डाेज खाेप आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस