२४ घण्टामा ६७१६ जना संक्रमित निकाे भए, ६७१४ थपिए
काठमाडाैं । नेपालमा गत २४ घण्टामा ६ हजार ७ सय १४ जना काेभिड-१९ संक्रमित थपिएका छन् ।
पछिल्लाे समय नेपालमा दैनिक ८ हजार बढी संक्रमित थपिरहेका बेला आज संक्रमितकाे संख्या घटेकाे छ । आज संक्रमित हुने भन्दा निकाे हुनेकाे संख्या बढेकाे छ । १९ हजार ३० पीसीआर परीक्षण गर्दा ६ हजार ६ सय ७७ र ३ सय २२ जनाकाे एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
याेसँगै नेपालमा काेभिड संक्रमण पुष्टि हुनेकाे संख्या पाँच लाख ३५ हजार ५ सय २५ पुगेकाे छ । तीमध्ये ४ लाख ११ हजार ६ सय ३ जना निकाे भएका छन् । नेपालमा निकाे हुने दर ७६ दशमलव ९ प्रतिशत पुगेको छ । गत २४ घण्टामा ६ हजार ७ सय १६ जना निकाे भएकाे छन् ।
गत २४ घण्टामा १ सय ४५ जना संक्रमितकाे ज्यान गएकाे मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयाे । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ६ हजार ८ सय ८५ पुगेकाे छ ।
देशभर १ लाख १७ हजार ७७ जना संक्रमित छन् ।
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस