• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

७९१४ संक्रमित थपिँदा ७६६४ जना निकाे भए,१९३ ले ज्यान गुमाए

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपालमा गत २४ घण्टामा थप ७ हजार ९ सय १४ जना काेभिड-१९ संक्रमित थपिएका छन् ।

देशभर १८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ९८ र ९ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा ३१६ गरी कुल ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये भक्तपुरमा ३ सय ६६, ललितपुरमा ६ सय ९४ र काठमाडौंमा १ हजार ७ सय ६१ गरी उपत्यकामा मात्र कुल २ हजार ८ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा काेभिड संक्रमितको संख्या ५ लाख १३ हजार ५ सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित पत्रकार सम्मेलनमा  जानकारी दिनुभएकाे हाे । गत २४ घण्टामा देशभर ७ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएकाे छ ।

गत २४ घण्टामा थप १ सय ९३ जना संक्रमितले ज्यान गुमाएका छन् । याेसँगै नेपालमा कोभिड संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ३ सय ४६ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५ सय ४७ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस