कैलालीमा संक्रमित वृद्धि
कैलाली । दोस्रो लहरको कोभिड–१९ बाट संक्रमित र ज्यान गुमाउनेकाे संख्यामा वृद्धि हुँदै गएको छ ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा एक हजार एकमा नमूना परीक्षण गर्दा पाँच सय ३८ मा भाइरस पुष्टि भएको छ । अस्पतालमा शुक्रबार दुई सय २९ र बिहीबार चार सय ६४ मा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार २४ घण्टाको अवधिमा अस्पतालतमा तीन र गोदावरी नगरपालिकामा चार संक्रमितको निधन भएको थियो ।
ज्यान जानेमा धनगढी उपमहानगरपालिका– ८ का ५८ वर्षीय पुरुष, धनगढी– २ का ६५ वर्षीय पुरुष, धनगढी– १२ का ४२ वर्षीय पुरुष र गोदावरी – ४ का ३५ वर्षीय पुरुष रहेका छन् । अस्पतलामा मात्रै हालसम्म एक सय ४५ को ज्यान गइसकेको अस्पतालले जनाएको छ ।
अस्पतालमा हाल एक सय तीन सङ्क्रमित उपचाररत् छन् ।
—रासस


प्रतिकृया दिनुहोस