• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

बाँकेमा थप १७ संक्रमितको गयाे ज्यान

समाचार

समाचार

राँझा । बाँकेका अस्पतालमा उपचाररत थप १७ जना कोरोना संक्रमितको एकै रातमा ज्यान गएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा गए रातिदेखि आज बिहानसम्ममा १७ जनाको ज्यान गएको छ ।

उपचारका क्रममा ज्यान गुमाउनेमा आठ बाँके र नौजना बाहिरी जिल्लाका रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले बताउनुभयो । यससँगै बाँकेमा कोरानाबाट दुई सय ५४ र अन्य जिल्लाबाट यहाँ उपचार गराउन आउँदा दुई सय १० जनाको ज्यान गएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति वलीले बताउनुभयो ।

अक्सिजन प्लान्टका लागि बजेट स्वीकृत

पाल्पामा अक्सिजन प्लान्ट निर्माणका लागि बजेट स्वीकृत भएको छ । पूर्व भूमिसुधारमन्त्री दलबहादुर रानाको पहलमा गृह जिल्ला पाल्पामा अक्सिजन प्लान्ट निर्माण गर्न तत्कालका निम्ति एक करोड ५० लाख रुपैयाँ स्वीकृत भएको हो ।

जिल्ला समन्वय समिति र कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लामा कोरोना संक्रमण दर बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालमा प्लान्ट स्थापना गर्नका लागि बजेट माग भएअनुसार स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको संघिय सांसद रानाले बताउनुभयो ।

संक्रमणदर बढ्दै जाँदा बिरामीलाई अक्सिजन आवश्यकता हुने र जिल्लामा अक्सिजन प्लान्ट नहुँदा अक्सिजन आपूर्ति गर्न समस्या भएकाले जिल्ला अस्पतालमा दु्रत गतिमा काम शुरु गर्ने योजना रहेको जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मीरा मरासिनीले जानकारी दिनुभयो ।

–रासस
 

प्रतिकृया दिनुहोस