कोभिडबाट २४ घण्टामा १४५ को ज्यान गयो, ७३६८ संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट एक सय ४५ जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा सात हजार तीन सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १९ हजार पाँच सय ३९ पीसीआर परीक्षण गर्दा सात हजार तीन सय १६ र तीन सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा काठमाडौंमा एक हजार आठ सय ८१, ललितपुरमा चार सय ३६ र भक्तपुरमा दुई सय ९२ जनामा संक्रमण देखिएको छ ।


प्रतिकृया दिनुहोस