• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

कोभिडबाट २४ घण्टामा १४५ को ज्यान गयो, ७३६८ संक्रमित थपिए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट एक सय ४५ जनाको ज्यान गएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा सात हजार तीन सय ६८ जनामा संक्रमण पुष्टि भएको छ ।  गत २४ घण्टामा १९ हजार पाँच सय ३९ पीसीआर परीक्षण गर्दा सात हजार तीन सय १६ र तीन सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।  

गत २४ घण्टामा काठमाडौंमा एक हजार आठ सय ८१, ललितपुरमा चार सय ३६ र भक्तपुरमा दुई सय ९२ जनामा संक्रमण देखिएको छ । 


 

प्रतिकृया दिनुहोस