• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

कोभिडबाट थप १८७ को ज्यान गयो, ८१६७ संक्रमित थपिए 

आईएनए न्युज एजेन्सी

आईएनए न्युज एजेन्सी

काठमाडाैं । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट थप एक सय ८७ जनाको ज्यान गएको छ । सो अवधिमा देशभर थप आठ हजार एक सय ६७ जनामा संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७ हजार नाै सय ७१ र एन्टिजेन विधिबाट पाँच सय ७७ जनाको  परीक्षण गरिएको थियो । 

मन्त्रालयका अनुसार सो अवधिमा पाँच हजार चार सय ८८ जना निको भएका छन् । यससँगै कोभिड निको हुनुको संख्या तीन लाख ३३ हजार एक सय आठ पुगेको छ ।  

हालसम्म संक्रमितको संख्या चार लाख ४७ हजार सात सय चार पुगेको छ । सक्रिय संक्रमित संख्या एक लाख नाै हजार सात सय ४० छ । 

कोभिड संक्रमणबाट हालसम्म चार हजार आठ सय ५६ जनाको  ज्यान गएको छ । 
 

प्रतिकृया दिनुहोस