• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एक लाख पुरस्कार राशिकाे भलिबल प्रतियाेगिता साउन २३ देखि 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । ‘पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता’ यही २३ साउन देखि काठमाडौंमा सुरु हुने भएको छ । 

प्रतियोगिता काठमाडौंको नयाँ बसपार्कमा आयोजना हुने आयोजक ढोरपाटन क्लबले जनाएको छ ।

सामाखुसी इङलिस बोर्डिङ स्कुल (सेब) मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

त्यसैगरी तेस्रो हुनेले २५ हजार र चौथो हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए । 

प्रतिकृया दिनुहोस