क्रिश्चियन अतिवादीले न्यूजिल्याण्डमा ४९ जनालाई मारे
काठमाडौं । न्यूजिल्याण्डको क्राइस्टचर्च सहरमा क्रिश्चियन अतिवादीहरुले गरेको आक्रमणमा ४९ जना मारिएका छन् । क्राइस्टचर्चका दुई ठाउँमा मस्जिदलाई निशाना बनाएर आक्रमण गरिएको बताइएको छ ।
पहिलो आक्रमण अल नुर मस्जिदमा र दोस्रो आक्रमण लिनउड मस्जिदमा गरिएको हो । अल नुर मस्जिदमा गराइएको विष्फोटमा ४१ जना मारिएको बताइएको छ ।
सो आक्रमण क्रिश्चियन अतिवादीहरुले गरेको बताइएको छ । तर, पश्चिमा मिडियाहरुले उनीहरुलाई आतंकवादी मात्र भनिरहेको छ ।
न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आड्रेनले शुक्रबारको दिनलाई न्यूजिल्याण्डको इतिहासको सबैभन्दा कालो दिन भनेकी छिन् । इस्लाम धर्मावलम्बीहरुले शुक्रवार मस्जिद गएर प्रार्थना गर्ने गरेका छन् ।
नुर चर्चमा बङगलादेशी क्रिकेट खेलाडीहरु प्रार्थनाका लागि जान लागेका थिए । तर, उनीहरु पुग्नु अघि नै विष्फोट भएको थियो । बङगलाश क्रिकेट टिम न्यूजिल्याण्डसँग सिरिज म्याज खेल्न गएको छ । दुई टोलीबीच एउटा खेल हुन अझै बाँकी छ । अब बाँकी रहेको खेल नहुने सम्भावना रहेको छ ।
मस्जिदमा आक्रमण गर्ने एकजना अष्ट्रेलियाका नागरिक हुन् । घटना बारे ट्वीट गर्दै अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले निन्दनीय भनेका छन् ।
न्यूजिल्याण्ड प्रहरीले सो आक्रमण अत्यन्तै सुविचारित र योजनावद्ध रहेको बताएको छ । न्यूजिल्याण्डलाई विश्वमै सर्वाधिक शान्तिपूर्ण देश मानिन्थ्यो ।


प्रतिकृया दिनुहोस