• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

डर्टमन्डलाई जर्मन सुपर कपको उपाधि, बार्यन म्युनिख पराजित

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता


जर्मनको लिग च्याम्पियन बार्यन म्युनिखलाई हराउँदै बोरुसिया डर्टमन्डले प्रतिष्ठित जर्मन सुपरकप प्रतियोगिताको उपाधि जितेको छ । डर्टमन्डलाई उपाधि दिलाउने क्रममा पाको अल्कासर र जेडन सान्चोले समान १ गोल गरे । 

प्रतिस्पर्धात्मक पहिलो हाफमा दुबै टोलीले बनाएको राम्रा अवसरहरु गोलमा परिणत हुन सकेन । पहिलो हाफमा ०–० को अवस्था रहेपनी दोस्रो हाफमा भने डर्टमन्डले अग्रता कायम गर्नसक्यो । 

खेलको ४८ औं मिनेटमा सान्चोले दिएको पासमा उत्कृष्ट गोल गर्दै अल्कासरले गोलगर्दै डर्टमन्डलाई अग्रता दिलाए । त्यसको केही मिनेटमै बार्यनले गोलगर्ने मौका पाएपनि त्यसलाई डर्टमन्डका गोलकिपर मार्विन हिट्जले रोकपछि बार्यन खेलमा पछि परेको थियो । 

एक गोलको अग्रताले हौसिएको डर्टमन्डले खेलको ६९ औं मिनेटमा अर्को गोल थप्न सफल भयो । १९ वर्षिय विन्गर सान्चोले गोल गरेपछि बार्यनको सम्भावना पातलिएको थियो । 
खेलको बाँकी समयमा थप गोल नभएपछि डर्टमन्डले उपाधि जित्न सफल भयो । 

प्रतिकृया दिनुहोस