• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपाल र अष्ट्रेलियाले क्यानबेरामा खेल्ने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । सन् २०२२ को फिफा विश्वकपको एसियाली छनोट अन्तर्गत नेपालको अवे खेल अष्ट्रेलियाको राजधानी क्यानबेरामा हुने भएको छ । 

उक्त खेल अष्ट्रेलियाली फुटबल महासंघले आगामी अक्टोबर १० को खेलको लागि शुक्रबार निर्णय गर्दै क्यानबेरास्थित जीआईओ रंगशालामा खेल्ने जनाएको छ ।

उक्त मैदानमा यसअघि सन् २०१५ को नोभेम्बरमा अष्ट्रेलियाले किर्गिज रिपब्लीकसँग खेलेको थियो । एकैपटक ४० हजार दर्शकले खेल हेर्नसक्ने सो मैदान रहेको बताइन्छ । सो खेलको टिकट आगामी अगस्ट १३ देखी बिक्री सुरु हुने बताइएको छ । 

समुह बी मा रहेको नेपालले सन् २०२० को मार्च महिनामा भने आफ्नै मैदानमा अष्ट्रेलियासँग खेल्नेछ । समुह बी मा नेपाल र अष्ट्रेलियासँगै जोर्डन, कुवेत र चाईनिज ताइपेई रहेका छन् ।


 

प्रतिकृया दिनुहोस