छ वर्षदेखि फरार व्यक्ति पक्राउ, कारागार चलान
छ वर्षअघि नाबालिकालाई बलात्कार गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका वडा नं ५ का २९ वर्षीय सचिन रसाइली रहेका छन् । रसाइलीले विसं २०७० जेठ २१ गते इलाम नगरपालिकाकी एक बालिकालाई बलात्कार गरी फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रसाइलीलाई विसं २०७० कात्तिक ३० गते जिल्ला अदालत इलामले दोषी ठहर गर्दै नौ वर्ष काराबासको फैसला सुनाएको थियो । अदालतले काराबास सुनाए पनि रसाइली फरार रहेपछि प्रहरीले खोजीकार्य चलाइरहेको थियो ।
रसाइली पक्राउ परेसँगै बिहीबारै कारागार चलान गरिसकिएको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस