• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सोमपालको टोलीले आज चौथो खेल खेल्दै

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । ग्लोबल टी–२० क्यानडा अन्तर्गत आज राती पेसर सोमपाल कामीको टोली विन्नीपिग हक्सले आफ्नो चौथो खेल खेल्दैछ । ब्राम्पटनमा हुने खेलमा हक्सले घरेलु टोली ब्राम्पटन उल्भसको सामना गर्ने तालिका रहेको छ । खेल नेपाली समयअनुसार राती १०ः१५ मा सुरु हुनेछ । 

हक्सले अहिलेसम्म खेलेको ३ खेलमा २ मा जित हात पारेको छ भने १ खेल हारेको छ । उल्भसले भने दुई खेल खेलेको र दुबैमा जिते हात पारेको छ । यी दुबै खेल जित्ने क्रममा उल्भसले २ सय माथीको लक्ष्य पुरा गरेको छ । 

यो प्रतियोगितामा सोमपालको साथै स्टार लेगस्पीनर सन्दीप लामिछानेले पनि खेलिरहेका छन् । सन्दीप टोरन्टो नेशनलमा आबद्ध छन् ।

यसअघि प्रतियोगिताको सुरुवात हुँदा सोमपाल र सन्दीप दुबैजना नेपाली राष्ट्रिय टोलीको लागि विश्वकप अन्तर्गत एसियाली छनोट प्रतियोगिता खेल्न सिंगापुरमा थिए । सिंगापुरबाट सिधै क्यानडा गएका यी दुई खेलाडी पछिल्लो खेलअघि त्यहाँ पुगेपनी टोलीमा समावेश हुन पाएका थिएनन् ।

सोमपालले आजको खेल खेल्न पाएमा उनी विदेशको फ्रान्चाइज लिग खेल्ने दोस्रो नेपाली खेलाडी हुनेछन् ।


 

प्रतिकृया दिनुहोस