• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । बैंकिङ कसुर मुद्दामा जरिवाना र जेल सजायको फैसलापछि फरार भएका पाँचथर यासोक घर भएका पृथ्वीराज चेमजोङलाई प्रहरीले पक्राउ गरेको छ । 

मन्जु श्रेष्ठले दिएको बैंकिङ कसुरको जाहेरीमा उच्च अदालत पाटनले पृथ्वीराज चेमजोङलाई १७ पुस २०७५ मा १५ दिन कैद र १० लाख ९४ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । 

पाँचथरको साविक यसोक गाविस–८ घर भएका पृथ्वीराजलाई गोंगबुबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । 

आर्थिक व्यवहार मिलाउने भनी मन्जु श्रेष्ठसँग लिएको सापटी रकम भुक्तानी गर्नका लागि पृथ्वीराजले दिएको प्रभु बैंकको चेक बाउन्स भएको थियो । उनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्युरोले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस