आर्सनल घरेलु मैदानमै पराजित, लियोनले जित्यो उपाधि
एजेन्सी । घरेलु टोली आर्सनललाई हराउँदै फ्रेञ्च क्लब लियोनले इमिरेट्स कपको उपाधि जितेको छ ।
प्रि सिजनको समयमा वार्षिक रुपमा आयोजना हुँदै आएको यस प्रतियोगितामा आइतबार इंग्लिस क्लब आर्सनललाई लण्डनमै २–१ गोल अन्तरले लियोनले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
आर्सनलको लागि खेलको ३५ औं मिनेटमा पिएर एमरिक औबमेयाङले गोल गरेका थिए । उनको गोलको मद्दतले खेलको पहिलो हाफमा अग्रता कायम गरेको आर्सनल दोश्रो हाफमा फितलो प्रदर्शनको कारण पराजित हुन पुग्यो ।
खेलको ६६ औं मिनेट र ७५ औं मिनेटमा मुसा देम्बेलेले गोल गरेपछि बलियो आर्सनललाई हराउँदै लियोनले खेल आफ्नो पक्षमा पारेको थियो ।


प्रतिकृया दिनुहोस