• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

उद्योग समितिले विषादी परीक्षण केन्द्रको अनुगमन गर्ने

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विषादी परीक्षण केन्द्रको अनुगमन गर्ने भएको छ । 

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले काठमाडौंको कालिमाटीस्थित केन्द्रीय विषादी परीक्षण केन्द्र र बबरमहलस्थित खाद्य परीक्षण केन्द्रको अनुगमन गर्ने निर्णय गरेको हो ।

बैठकले समिति सदस्य मुकुन्द न्यौपानेलाई अनुगमन टोलीको संयोजक पनि तोकेको छ । समितिका सभापति विमलप्रसाद श्रीवास्तवका अनुसार अनुगमन टोलीको प्रतिवेदन आएपछि सम्बन्धित मन्त्री र सचिवलाई बोलाएर छलफल गरी सरकारलाई आवश्यक निर्देशन दिइनेछ । 

सरकारले पूर्वाधार अभाव भएको भन्दै विषादी परीक्षण तत्काल रोक्ने बताएको थियो ।

काठमाडौं उपत्यकाको कालीमाटीबाहेक मुलुकका प्रमुख नाका लगायत स्थानमा विषादी परीक्षणका लागि आवश्यक प्रविधि तथा उपकरण नभएको भन्दै सरकारले आयातित खाद्य सामग्रीको विषादी परीक्षण तत्काल नगर्ने भनेपछि यो विषयले चर्चा पाउँदै आएको छ ।

सर्वोच्च अदालतले पनि विषादी परीक्षण गर्ने निर्णयलाई यथावत राख्दै विषादी हेरेर मात्रै ल्याउन आदेश गरेपछि पुनः परीक्षणको काम थालिएको छ ।

प्रतिकृया दिनुहोस