• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

 बजार क्षेत्रमा ‘फायर हाइड्रेन्ट’ नहुँदा आगलागीको जोखिम

समाचार

समाचार

कावासोती। बजार क्षेत्रमा कुनै आगलागीका घटना घट्यो भने दमकललाई पानी खोज्दै खोलातिर जानुपर्ने बाध्यता रहेको छ  । नजिकै पानी भर्न मिल्ने कुनै स्रोत नहुँदा समयमा आगलागी नियन्त्रण गर्न नसकी थप क्षति हुने खतरा रहेको छ ।

दमकललाई पानी भर्न मिल्ने गरी ‘फायर हाइड्रेन्ट’ नहुँदा आगलागीका कुनै घटना घटे समस्या पर्ने देखिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका मुख्य बजार क्षेत्रमा ‘फायर हाइड्रेन्ट’ बनाइएको छैन ।

जिल्ला सदरमुकाम कावासोतीमा समेत फायर हाइड्रेन्ट छैन । यसअघि कावासोतीको फलफूल चोकमा एउटा ‘फायर हाइड्रेन्ट’ रहे पनि प्रयोगविहीन बनेको थियो । धेरै वर्षपहिले निर्माण गरिएकाले जीर्णभएको उक्त ‘फायर हाइड्रेन्ट’ अहिले नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बाटोमा पर्ने भएपछि उखेलिएको छ । 

दमकललाई पानी भर्न मिल्ने गरी प्रविधि जडान गरिनुलाई ‘फायर हाइड्रेन्ट’ भनिन्छ । ‘फायर हाइड्रेन्ट’ बाट दमकलका लागि सहजरूपमा पानी निकाल्न सकिने हुँदा बजार क्षेत्रमा कुनै आगलागीका घटना घटे समयमा निभाउन सकिन्छ ।  

–रासस
 

प्रतिकृया दिनुहोस