• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सिंगापुरले नेपाललाई १ सय ९२ रनको लक्ष्य दियाे

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं ।  आईसीसी टि–२० एसिया विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा सिंगापुरले नेपाललाई १ सय ९२ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । उसका लागि खेलाडी युवा टिम डेविडले ७७ रनको योगदान दिए । यस्तै, रोहन रङ्गराजनले ४९, टिम डेविडलले ६६, मनाप्रित सिंहले ४२ र सुरेन्द्रन चन्द्रमोहनले ८ रन जोडे ।

नेपालका लागि अभिनाष बोहोराले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । यस्तै, करण केसीले २ तथा शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी र वसन्त रेग्मीले एकएक विकेट लिए ।

प्रतिकृया दिनुहोस