• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सन्यास लिन आनाकानी गर्दै धोनी

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनी अहिले भारतीय सैन्य पोसाक लगाएर कश्मिरमा गस्ती गर्न हिंडेका छन् भारतीय क्रिकेट टोली भने वेस्ट इन्डिजविरुद्धको सिरिजको तयारीमा जुटिरहेको विश्वकप लगत्तै धोनीले लिने विश्लेषणको विपरीत उनी यस विषयमा अझै मौन बसिरहेका छन्  

अस्टे«लियाका पूर्व कप्तान स्टिभ वाका अनुसार भारतीय महाद्वीपमा सन्यासलाई लिएर क्रिकेटहरुलाई ठूलो स्वतन्त्रता विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँग भारत पराजित भएपछि धोनीको सन्यासका विषयमा पीटिआई न्युज एजेन्सीले उनलाई प्रश्न सोधेको थियो अस्टे«लियाली क्रिकेटको सन्यास नीति उनको व्यक्तिगत सन्यासको विषयमा प्रश्न सोध्दा उनले भने, ‘जो खेलाडी भए पनि सन्यास लिनैपर्छ, कस्तो खेलाडी भन्ने विषयले अस्टे«लियाली क्रिकेटलाई केही फरक पर्दैन ’ 

भारत अस्टे«लियाका खेलाडीलाई एउटै दृष्टिकोणबाट हेर्नु सही नहुने उनले बताएका छन् उनले भने, ‘भारतमा करिब एक अर्ब ३३ करोड भारतीयले क्रिकेट पछ्याउँछन् यहाँका खेलाडीहरु सामान्य हुँदैनन्, महान भइसकेका हुन्छन् उनीहरुलाई सन्यासको फैसला लिने स्वतन्त्रता भए पनि निर्णय गर्न भने गाह्रो नै हुन्छ

भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई महान् खेलाडी भन्दै उनले धोनीलाई उमेरका कारण पनि सन्यासको निर्णय चुनौतीपूर्ण हुने बिचार व्यक्त गरेका छन् यतिबेला धोनीलाई जोड्दै सन्यास लिने बेला आएको हो वा सन्यासको निर्णयमा पूर्ण स्वतन्त्रता रहेको हो भन्ने प्रश्न उठिरहेको  

विकेटकिपरको रुपमा भारतीय क्रिकेट टोलीमा स्थान बनाएका धोनीले आफ्नो आक्रामक ब्याटिङ शैलीका कारण टोलीमा कप्तान नै बन्ने मौका पाए उनको कप्तानीमा भारतले टी२० तथा एक दिवसीय अन्तर्राष्ट्रिय विश्वकप  च्याम्पियन्स ट्रफीको उपाधि जित्न सफल भयो हालै सम्पन्न विश्वकपमा भने उनको खेल शैलीको व्यापक आलोचना भएको थियो  

हिजोको दिनमा धोनीले कहिल्यै क्रिकेट छोड्न नहुने नारा लगाउने समर्थकहरु आज उनले सन्यास लिनुपर्ने आवाज उठाइरहेको बताइन्छ ३८ वर्षको पुगिसकेका उनले टेस्ट क्रिकेटबाट सन्यास लिए पनि अहिलेसम्म एक दिवसीय टी२० लाई छोड्न सकिरहेका छैनन्  

९८ वटा टी२० खेलेका धोनीले कुल हजार  सय १७ रन बनाइसकेका छन् उनले उक्त रन प्रतिखेल ३७.६० को औसतमा  १२६.१३ को स्ट्राइक रेटमा जोडेका हुन् एक दिवसीयमा उनले १० हजार  सय ७३ रन बनाएका छन् उनले उक्त रन प्रतिखेल ५०.५८ को औसतमा  ८७.५६ को स्ट्राइक रेटमा जोडेका हुन्  

विश्वकप २०१९ मा धोनी सर्वाधिक रन बनाउनेको सूचीमा २७औं स्थानमा थिए सय ७२ रन बनाएका धोनी भारतीय ब्याट्सम्यानमध्ये रोहित शर्मा (६४८), विराट कोहली (४४३) लोकेश राहुल (३६१) पछि चौथो नम्बरमा थिए स्ट्राइक रेट पनि उनको खासै राम्रो हुन सकेको छैन  

पछिल्ला केही वर्षयता धोनीको ब्याटिङ खस्कँदो सन् २०१६ मा उनले १३ एक दिवसीय खेलमा २७ दशमलव ८० को औसतमा रन बनाए भने सन् २०१८ मा उनको ब्याटिङ औसत २५ रनमात्रै थियो तर यसबीच सन् २०१७ मा धोनीले ६० दशमलव ६२ को औसतमा खेले सन् २०१९ मा (अहिलेसम्म) उनको ब्याटिङ औसत ६०  

धोनीको यो रेकर्डले उनी औसतभन्दा कम खेलिरहेका छन् भन्ने देखिन्छ यस्तोमा उनले आफ्नो प्रदर्शन अझै खस्किएपछि मात्रै सन्यास लिन्छन् भन्ने प्रश्न उठिरहेको

यस्तो थियो सचिन तेन्दुलकरको सन्यास 

संसारकै उत्कृष्ट ब्याट्सम्यान मानिएका पूर्व क्रिकेटर सचिन तेन्दुलकरले धोनीलाई तत्काल सन्यास नलिन आग्रह गरेका छन्  

आफ्नो क्रिकेट जीवनमा सचिनले विश्वकप खेले यसक्रममा ब्याटिङतर्फ धेरै कीर्तिमान राखे आफ्नो सन्यासको बारेमा बताउँदै सचिनले सन् २००७ को विश्वकपमा खराब प्रदर्शन गरेपछि सन्यासको तयारीमा रहेपनी भिभियन रिचर्ड्सनको सल्लाहपछि त्ब्यसो नगरेको भनेका छन्  

सन् २०११ मा भारतमै भएको विश्वकपको उपाधि भने आयोजक राष्ट्र भारतले नै जित्न सफल भयो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका सचिनलाई त्यो समय सन्यास घोषणा गर्नको लागि उत्तम भएपनी उनले अझै खेल्ने निर्णय गरे उत्कृष्ट लय गुमाउँदै उनले त्यसपछि खस्किएको प्रदर्शन देखाइ समर्थकहरुलाई निराश तुल्याए अन्ततः उनले सन्यास लिए तर सन् २०११ मा लिँदा उत्कृष्ट हुनसक्ने सन्यास पछि त्यही स्तरका हुन सकेन  

यस्तो थियो कपिल देवको सन्यास 

भारतलाई पहिलोपटक सन् १९८५मा विश्वकपको उपाधि जिताउने पूर्व कप्तान कपिल देव आफ्नो समयका उत्कृष्ट अलराउन्डर थिए टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने कीर्तिमानको लोभमा उनले पनि टिममा आवश्यकता भन्दा धेरै वर्ष खेलेका थिए खेल जीवनको अन्त्यमा उनको प्रदर्शन खस्केको थियो

सन् १९८८ सम्म न्युजिल्यान्डका रिचर्ड हेडली टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी थिए, एकदिवसीय क्रिकेटमा यो रेकर्ड कपिल देवको नाममा थियो उनी टेस्टमा पनि हेडलीलाइ उछिन्न चाहन्थे त्यही कीर्तिमानको लोभमा उनले आफ्नो करियर आवश्यकताभन्दा बढी लम्ब्याए

हेडलीले १९८८ को अन्त्यसम्म आफ्नो विकेट संख्या सय ९१ पु¥याएका थिएन सन् १९९० मा सन्यास लिदाँसम्म उनले आफ्नो विकेट संख्या सय ३१ पु¥याए यतिबेलासम्म कपिलदेवको विकेटसंख्या सय ६५ मात्रै थियो उनले हेडलीको कीर्तिमान तोड्नकै लागि थप चार वर्ष भारतीय टिममा बिताए, तर उनको प्रदर्शन निकै खराब थियो  

आज पनि कपिलदेवको यही कारण ठूलो आलोचना हुन्छ उनले युवा खेलाडी जवागल श्रीनाथको स्थान ओगटेका कारण श्रीनाथले राष्ट्रिय टोलीमा स्थान बनाउन लामो प्रतिक्षा गर्नुपरेको थियो

यस्तो थियो जावेद मियाँदादको सन्यास 

पाकिस्तानका पूर्व क्रिकेटर जावेद मियांदादले सञ्चारमाध्यमको चर्को दबाबपछि आफु सन्यास घोषणा गर्न बाध्य भएको गुनासो गर्ने गरेका थिए मियाँदादले सन् १९९६ को विश्वकप क्वाटरफाइनलमा भारतसँग पाकिस्तान पराजित भएपछि सन्यास घोषणा गरेका थिए, यो उनको सातौं विश्वकप थियो  

चार वर्षअघि उनले पाकिस्तानलाई च्याम्पियन बनाएका थिए, इङल्यान्डविरुद्धको फाइनल खेलमा सुरुमै विकेट गुमाएको पाकिस्तानलाई मियाँदाद कप्तान इमरान खानले उकासेका थिए, दुबैले अर्धशतक बनाए सहि समयमा सन्यान घोषणा गरेको मियाँदादले लामो समयपछि स्वीकारेका थिए सन् १९९२ पछि आफ्नो सन्यासको समयसम्म उनले टेस्ट खेलमा राम्रो गरेनन् एकदिवसिय खेल एकैपटक सन् १९९२ को विश्वकपमा खेले, जहाँ उनले कुल ५२ रनमात्रै बनाउन सके  

एसिया क्षेत्रमा सन्यासको लागि अनेक उदाहरण अब कस्तो निर्णय गर्ने भन्ने जिम्मा धोनीमै काँधमा रहेको विश्लेषण भइरहेको उनी सचिन, कपिल देव वा मियाँदादकै पथ पछ्याउन चाहन्छन् की सुनिल गावस्कर, इङल्यान्डका इयान बोथाम वेस्ट इन्डिजका सर गारफिल्ड सोबर्स जसरी सन्यास लिन चाहन्छन् यी खेलाडीहरुले मैदान छाडेका बेला समर्थकहरुले भन्थे, यी महान हस्तीहरु अझै केही वर्षसम्म क्रिकेट खेल्नसक्ने क्षमता बीबीसी हिन्दीबाट साभार

प्रतिकृया दिनुहोस