• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

कुवेतद्वारा नेपाललाई एक सय ४२ रनको लक्ष्य

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगिता अन्तर्गत आज भइरहेको खेलमा कुवेतले नेपाललाई १ सय ४२ रनको लक्ष्य दिएको छ । 

सिंगापुरमा जारी प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपालले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाउन सफल भयो । 

अन्तिम दुई ओभरमा ३० रन जोडेको कुवेतको लागि कप्तान मुहम्मद काशिफले ३६ बलमा २ चौका र ४ छक्का सहित नटआउट ४९ रन बनाए । त्यस्तै अदनान इद्रिसले २५ रन बनाए भने मोहम्मद असलमले २३ रन बनाएका छन् । रविजा सन्दरुवानले १५ र विलाल ताहिरले १३ रन बनाएपछि कुवेतले नेपाललाई चुनौतिपूर्ण लक्ष्य दिएको हो । 

बलिङतर्फ नेपालको लागि बसन्त रेग्मीले ४ ओभर बलिङ गर्दै २० रन दिइ ३ विकेट लिए । त्यस्तै स्टार लेगस्पीनर सन्दीप लामिछानेले ४ ओभर बलिङ गरेका उनले २१ रन दिइ ३ विकेट लिएका छन् । करन केसीले दुई र अविनाश बोहराले १ विकेट लिए । 

प्रतियोगिताको उपाधि जित्दै युएईमा आयोजना हुने टी–२० विश्वकपमा छनोट हुने लक्ष्य लिएको नेपाललाई आजको खेल जित्नै पर्ने दबाव रहेको छ । 
 
 

प्रतिकृया दिनुहोस