• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एएफसी फुटसल च्याम्पियनसिपको छनोटमा नेपाल समूह ए मा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने फुटसल प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चीत भएको छ । 

सन् २०२० मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोटमा नेपाल समूह ए मा परेको छ । एएफसीको मुख्यालय मलेसियामा बिहीबार आयोजना गरिएको ड्र अनुसार नेपाल समूह हो । कुल ३१ टोलीलाई पूर्वी, आसीयान, पश्चिम र संयुक्त रुपमा केन्द्र तथा दक्षिण गर्दै चार समूहमा भाग लगाएको एएफसीले जानकारी दिएको छ । 

संयुक्त रुपमा केन्द्र तथा दक्षिण क्षेत्र अन्तर्गत रहेको नेपालको समूहमा उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह बी मा इरान, तुर्केमिनिस्तान र किर्गिज रिपब्लीक छन् । प्रतियोगिताका खेलहरु इरानमा आगामी अक्टोबर १६ देखि २७ सम्म हुने एएफसीले जनाएको छ । 

राउन्ड रोबिन लिगको आधारमा विभिन्न ६ वटा समूहका विजेता टोलीहरु सोझै फाइनल चरणमा प्रवेश गर्नेछन् । पूर्वी, पश्चिम र संयुक्त रुपमा केन्द्र तथा दक्षिणका विजेताहरुका साथै उपविजेताहरु फाइनल चरणमा प्रवेश पाउनेछन् । प्रतियोगिताको विस्तृत खेल तालिका जारी हुन बाँकी रहेको छ । 


 

प्रतिकृया दिनुहोस