• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

घरेलुका खरिदार घुससहित पक्राउ

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । खरिदार पुष्कर अधिकारी घुस रकम सहित पक्राउ परेका छन् । अख्तियारले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, दोलखामा कार्यरत अधिकारीलाई चार हजार रुपैया घुस लिँदै गर्दा पक्राउ गरेको हो । 

होटल ब्यवसाय दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

अन्य सेवाग्राहीबाट समेत घुस लिएका भन्ने जानकारी पाएपछि प्रहरीले अधिकारीकोे कोठा खानतलासी गरेको थियो । 

खानतलासी गर्दा अरू सेवाग्राहीसँग घुसबापत लिएको अन्य रकम सहित जम्मा ७३ हजार नौ सय ५० रुपैया बरामद भएको प्रवक्ता कोइरालाले बताए ।

अधिकारीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस