सिके राउतसँगकाे सम्झाैता अपारदर्शी- कांग्रेस नेता सिंह
काठमाडौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पृथकतावादी आन्दोलन लागेका सिके राउतसँग सरकारले अपारदर्शी रूपमा सम्झौता गरेको दावी गरेका छन् । संविधान मान्छु भनेर राउत आउनु राम्रो भए पनि सरकारले गरेको सम्झौताबारे संसदमा रहेका दलहरूलाई गुपचुप राखिनु गलत हाे भन्ने धारणा सिंहले राखेका छन् ।
राजधानीमा काठमाडौ नेशनल स्कुलले आयोजना गरेको कार्यक्रममा संचारकर्मीहरुकाे जिज्ञासामा नेता सिंहले सिके राउतसँग भएको सम्झौतालाई लिएर नेकपाभित्रै मतभेद देखिएको भन्दै नेता भविष्यकाे गतिविधि हेरेर मात्र सहमतिबारे ठाेस रुपमा भन्न सकिने बताए ।
सम्झौतामा उल्लेख भएकाे भाषा त्रुटीपूर्ण भन्दै सिहले नेकपाभित्रै विवाद शुरू भएको र सम्झौता गर्दा संसदका दलहरूलाई थाहै नदिनुले केही शंका भने उत्पन्न भएको बताए ।
हिजो सदनमा गृहमन्त्रीले बोलिरहँदा जनकपुरमा गरिएको प्रदर्शनले राम्राे संकेत नगरेकाे उनले बताए । ११ बूँदे सहमति अनुसार जनकपुरको प्रदर्शनलाई के भनेर बुझ्ने ? नेता सिंहले प्रश्न उठाए ।
संविधानको मर्म र भावना बिपरित खुलमखुला मुलुकको स्वाधिनता बिरुद्ध गतिविधि गरिनु गलत भएकाे उनले बताए ।
पार्टीभित्र सभापति शेरबहादुर देउवाले बहुमतको बलमा पेलेर जान खाेजेकाे भन्दै सिंहले पार्टीभित्र सहमतिका आधारमा गरिनु पर्नै निर्णयहरु समेत बहुमतीय आधारमा गर्न खाेज्नु गलत भएकाे बताए ।


प्रतिकृया दिनुहोस