मलेसियाद्वारा नेपाललाई ८४ रनको लक्ष्य
काठमाडौं । टी–२० विश्वकपको एसियाली छनोटमा मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।
मलेसियाले पूरा ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो । वर्षाका कारण खेल ९ ओभरमा छोट्याइएको हो ।
सिंगापुरको इन्डियन एसोसियसन मैदानमा मलेसियाले टस हारेर पहिले ब्यटिङ गरेको थियो । उसका लागि सइद अजिजले ३० रनको योगदान दिए । उनले १५ बलमा ५ चौका र एक छक्काको मद्दतमा ३० रन बनाएका हुन् ।
यस्तै, भिरानदिप सिंहले २१ र अमिउद्दिन राम्लीले ५ रन जोड्दा अन्य ब्याट्सम्यानले सम्झन लायक रन जोड्न सकेनन् । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै, वसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले समान १-१ विकेट लिए ।
पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको थियो । जसकारण नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।


प्रतिकृया दिनुहोस