इथियाेपियामा विमान दुर्घटनामा १४९ जना मारिए
नैरोबी । आइतबार बिहान इथियाेपियामा भएकाे एक विमान दुर्घटनामा १४९ जना मारिएका छन् । इथियाेपिया सरकारले विमानमा रहेका काेही पनि जिवित नरहेकाे घाेषणा गरेकाे हाे ।
इथियाेपियाकाे राजधानी आडीस अबाबाबाट केन्याकाे राजधानी नैरोबी आउँदै गरेको विमानमा १४९ जना यात्रु र चालक दलका आठ जना रहेका बताइएको छ । बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार विहान ८.३८ मा विमान उडेको थियो । उडेको छ मिनेटपछि विशोफ्टुनजिकै पुगेपछि विमान सम्पर्क विहिन भएको थियो ।
अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो । दुर्घटना भएकाे वाेइङ्गकाे म्याक्स ८ विमान हाे । यही माेडलकाे विमान केही महिना अघि इण्डाेनेसियाकाे राजधानी जकार्ता नजिक दुर्घटना भएकाे थियाे । जसमा १८९ जनाकाे मृत्यु भएकाे थियाे ।
- एजेन्सीहरुकाे सहयाेगमा


प्रतिकृया दिनुहोस