• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

संसदमा बन्यो नयाँ र अनौठो कीर्तिमान

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । संसदमा अहिलेसम्मकै सबैभन्दा छोटो समयको गतिरोध भएको छ । प्रतिनिधिसभाको आजको वैठकमा ऐतिहासिक अवरोध भएको हो । 

राजपाले गरेको सो अवरोध करिब एक मिनेट चलेको थियो । 

वैठकमा विशेष समय लिएर राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए । टिकापुर घटना सम्वन्धमा छानविन गर्न गिरिशचन्द्र लाल आयोग गठन भएको थियो । सो प्रतिवेदन सार्वजनिक नगरिएसम्म सदन चल्न नदिने उनले घोषणा गरे । 

उनले सो घोषणा गर्नासाथ राजपाका सांसदहरु बसेको ठाउँबाट उठेर अवरोधको संकेत गरेका थिए । 

लगत्तै सभामुख कृष्णबहादुर महराले ध्यानाकर्षण भएको भन्दै आवश्यक जवाफ दिन सरकारलाई निर्देशन दिए । 

सभामुख महराले सो सरकारका नाममा सो निर्देशन दिनासाथ राजपाका सांसदहरु आआफ्नो ठाउँमा बसेका थिए । 

राजपाले गरेको सो अवरोध करिब एक मिनेट चलेको थियो । संसद सचिवालयका एक पूराना कर्मचारीका अनुसार चलिरहेको वैठकमा अवरोध भएको र तत्काल अवरोध खुलेर निरन्तर वैठक चलेको विरलै घटना छ । सामान्यतया वैठक अवरुद्ध भएपछि स्थगित गरिन्छ या सभामुखले बलजफ्ती वैठक अगाडि बढाउँछन् ।

राजपाको अवरोध करिब एक मिनेट चल्यो । नेपालको संसदीय इतिहासमा सम्भवत यो नै सबैभन्दा छोटो अवरोधको कीर्तिमान हो ।

 

प्रतिकृया दिनुहोस